You are viewing the translated version of पक्राउ परेको व्यक्तिलाई हिरासतमा राख अनुमति माग्ने.
Section 19
पक्राउ परेको व्यक्तिलाई हिरासतमा राख अनुमति माग्ने
संहिताको दफा १४ को उपदफा (३) बमोजिम अनुसन्धान अधिकारीबाट म्याद थपको लागि पेश हुन आएको मिसिल सहितको निवेदनमा उल्लेखित आधार र कारण मनासिव देखिएमा सम्बन्धित सरकारी वकीलले मुद्दा हेर्ने अधिकारी समक्ष म्याद थपका लागि अनुसूची-८ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
तर त्यसरी पेश भएको मिसिल अध्ययन गर्दा म्याद थप गर्नु पर्ने स्पष्ट आधार र कारण नदेखिएमा सम्बन्धित सरकारी वकीलले संहिताको दफा १५ बमोजिम धरौट वा जमानत लिई वा कुनै माथवर व्यक्तिको जिम्मामा छाडन वा तारेखमा राखको लागि सम्बन्धित अनुसन्धान अधिकारीलाइ लेखी पठाउन सक्नेछ ।